सुर्खेत। कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीम प्रसाद ढकाललाई उत्कृष्ट सृजनशील कार्य पुरस्कार प्रदान गरिएको छ। आज ६८ औँ स्थापना दिवसको अवसरमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पुरस्कार प्रदान गरेका हुन् ।
ढकालले नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कनमा नेपाल प्रहरी प्रधान कार्यालयले गरेको देशभरिको मूल्याङ्कनबाट उत्कृष्ट सृजनशील कार्य पुरस्कार प्राप्त गर्न सफल भएका हुन्। ढकालको नेतृत्वमा कर्णालीमा विभिन्न खालका अभियानहरू सञ्चालन भइरहेका छन् ।
नेपालीरैबार । २०८० आश्विन ३०, मंगलवार