स्वच्छ खाऔँ,मस्त रमाऔँ

हामीहरु वर्षभरी दशै र तिहार कुरेर बस्छौँ । धेरैलाई लाग्दो हो यो एउटा धार्मिक क्षण हो । वा धार्मिक क्षणमात्रै हो । तर, यो पर्व युवौँ देखि हाम्रो हातसम्म आइपुग्दा हामीले अंगाल्नेबेलासम्म यसका अन्य विशेषताहरु पनि छन् । केवल धार्मिक पर्व मात्रै रहेन । यसका अन्य पक्षहरु पनि छन् , जस्तै पहिलो पक्ष भनेको यो आफैमा पनि एउटा सांगीतिक पर्व पनि हो ।

त्यसैमा पनि बालबालिका र युवायुवतिहरुले यसमा ठुलो सांगितिक कुराहरु सिक्न सक्छन् र जो चाँही उनीहरुको जिन्दगीभर वुद्धि विकास हुँदै गरेको दिमाग छ, त्यो दिमागलाई सही बाटोमा ल्याउन सक्छ । एन्टीनियो होसे एकजना सामाजिक अभियान्ताले विश्वमा १९७५ मा गरिबिमा हुर्केका बालबालिकाहरुलाई निशुल्क संगित कक्षाहरु भनेर सञ्चालन गरे । र यो लामो समयसम्म चलयो । यसले लगभग सात लाख बालबालिकाहरुलाई सहयोग ग¥यो । संगितकार बनायो । उनले किन गरिबिमै हुर्केका बालबालिकहरुलाई लक्षित गरेर कार्यक्रम गरे त भन्दा उनलाई के लाग्यो भने गरिबीमा हुर्किएपछि मान्छे केबल शारिरीक र स्वास्थ्यको लागि पछि पर्दैनन् । उसको केबल बौद्धिकता र सिर्जनात्मक विकासमा पनि त्यो गरिबीले असर गरेको हुन्छ । त्यसलाई मेटाउन संगितले ठुलो भुमिका खेलेको हुन्छ भनेर उनले त्यो कार्यक्रम गरे ।

नभन्दै ति बालबालिकाहरु जसले उनको यो एआइल सिस्टेमा भन्ने कार्यक्रमबाट संगित सिके । उनीहरुको अध्ययन गर्दा के पत्ता लाग्यो भने यि बालबालिकाहरुका दिमाग त एकदमै राम्रो भएको रहेछ । उनीहरुलाई तरल बौद्धिकता यसमा के हुन्छ जुन समस्या प¥या,े अहिले सम्म कहिलै परेको थिएन । यिनीहरुलाई त्यो समस्याबाट बाहिर निस्कन कसैले सिकाएको छैन् भने अब संगित सिकेका बालबालिहरुले त्यसको सजिलै उपाय निकाल्न सक्छन् । उनीहरुले त्यो समस्या आइसक्ने सम्म कम इस्ट्रिेस हुँदो रहेछ । दिमागको विकास त्यसरी हुँदो रहेछ । त्यो इस्ट्रिस सही रहँदा झेल्ने प्यासेन्स त्यो पनि उनीहरुमा धेरे हुँदो रहेछन् । त्यति मात्रै होइन केही नयाँ कुरा सिकाउँदा पनि अन्य बालबालिका भन्दा पनि संगित सिकेका बालबालिकाहरुले छिट्टै सिक्ने रहेछन् । त्यति मात्रै होइन उनीहको संगित सिकई सकारात्मक असरहरु देखिए ।

त्यसैले हामीले बाल्य अवस्था र युवाहरुमा संगित सिकाउनुपर्छ । सबै संगितहरु पाठशालामा सिकिदैन् । समाजले पनि धेरै प्रकारका संगित सिकाउँछ । र यि संगितिक माहोल संगितिक उत्सव पनि हो । त्यसैले खुब रमाउँ । देउँसी भैलो, खेल्ने, दशैमा पनि सांगितिक कार्यक्रम गर्नुपर्छ । हामी हेर्छौ भजनहरु जति पनि संगितहरु आएका छन् । यिनीहरुको महत्व छ । त्यसैले रमाउनुपर्छ रमाउनेबेलासम्म संगितलाई अंगाल्नुपर्छ । त्यसले राम्रो गर्छ ।

बुँदा १

दोस्रो भनेको यो पर्वमा मान्छेहरुले वर्षभरी सञ्चय गरेर खानपिनको लागि केही खर्च गर्छ । दशै तिहारको लागि खानाहरु यि सामान्य खानेकुराहरु होइनन् जुन युवौँ युगदेखि परिस्कृत हुँदै नेपाली शरिरको लागि हिन्दु शरिरको लागि उपयुक्त खानेकुरा खाइन्छ । जस्तो अलिकति प्रोटिन खानेकुरा खाने चलन छ । जतिपनि रोटीहरु बनाइन्छ । जति तरकारीको भराइटि बनाइन्छ । तर, यसमा अलिकति ध्यान दिनेकुरा धेरै रक्सी खाइन्छ, यस्तै गरेर चिल्लो खाने चलन छ, यसलाई कम गर्ने बानी बसाल्नुपर्छ । त्यसैले खानेकुरामा पनि ख्याल राखेर बालबालिकाहरुलाई यो गर्नुपर्छ । र यो गर्नेबेलामा बालबालिकाको छुट्टी हुन्छ ।

उनीहरु यसमा आफै लाग्ने गरेमा यसबाट धेरै कुरा सिक्छन् । लाइफ स्किल कोर्ष भन्छ, त्यसैले यस्ता खालका कोर्षले सामाजिक कोर्षले मानिसको जिवनमा संवेदनशिल बनाउछ । अब अन्त्यमा चाडपर्वले एउटा अचम्मको काम के गर्छ भने जति पनि अध्ययन भएका छन । यसले मानिसहरुमा सामाजिक पन बढाउँछ । जस्तो मिलेर वर्षौ सम्म बाहिर भएर एक अर्कासँग भेट नभएको मान्छे बिदा लिएर सामुहिक पर्व मनाइरहँदा यसले एकदमै सदभाव बढाउँछ । र यसबेलामा फेन्डसिप बच्चाबच्चीहरुमा बढाउने काम गदर्छ । यसमा अहिले ठुलाठुला कम्पनीहरुमा विलडिङ्ग प्रयाक्टिस भनेर एक्सरसाइज गराउछन् । जस्तो पिक्निक लैजाने यो चाँही संस्कृतिक रुपमा गाउँभरीका अलिअलि आफुलाई मिल्ने मान्छेहरु मिलेर भैली खेल्ने मिलेर पिक्नीक जाने यो आफैमा पनि सामाजिक रुपमा विधि जस्तो छ ।

जसले सामाजिक सद्भावलाइ बढाउँछ । साह्रै बैज्ञानिक छ । त्यसैले यसलाई पनि हामी रमाइलो गर्ने मुडका साथ लाग्नुपर्छ । र अन्त्यमा चाडवाडमा घरका ठुलाले साना बालबालिकालाई चाडबाडको महत्व के हो त, यो चाडपर्वमा राक्षसहरु नकारात्मक काम गर्ने, समाजका अध्ययन कालमा पुर्वकालमा समाजमा नराम्रा काम गर्ने तत्व र नराम्रा काम गर्नेहरुलाई अन्त्य गरीएको देवताले अर्थात महाभारतले सत्यको लेखेको छ । धार्मिक कुराहरुमा के लेखिएको छ भने, यि केबल रमाइलो गर्ने, छुट्टी मनाउने पर्वहरु मात्रै होइनन् । सत्यले असत्य माथि विजय प्राप्त गरेको क्षण हो , त्यसैले हामीले हाम्रा बालबालिकाहरुलाई परापुर्वककालमा यस्ता घटना घटे र अन्त्यमा सत्यको विजय भयो, नै त्यसैले पनि यसलाई मनाउनुपर्छ । हामीले सत्यमार्गमा हिड्नुपर्छ भनेर इतिहासमा भएका गलत कार्यहरु र अन्त्यमा सत्यकै विजय भएको हुँनाले सत्यमार्गमा हिड्नुपर्छ भन्ने सन्देशका साथ बालबालिकाहरु तथा युवामनहरुलाई यसलाई बडो रमाइलो गरौँ । राम्रो खाउँ सांगितिक वातावरण बनाऔँ । र सामाजिक सद्भावलाई अझ निखारेर अगामी पुस्ताका लागि राम्रो काम गरौँ भनेर सिकाउँनु पर्छ । – लेखक डा. केसी बालरोग विशेषेज्ञ हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया