नर बहादुर देउवाको नेपाली लोक झ्याउरे गित सार्वजनिक (भिडियाे)

‍दिलिप कडेल सुर्खेत । कलाकार नर बहादुर देउवाको नेपाली लोक झ्याउरे गीत हितैको माया सार्वजनिक भएको छ ।
कर्णाली प्रदेशको बस्तुस्थिती र गाउँघरको परिवेशका बारेमा लेखिएको गित पञ्चपुरी कलाकेन्द्र यूटुब च्यानलबाट सार्वजिनक भएको हो ।

कलाकार नर बहादुर देउवाले नेपाली लोक झ्याउरे गीतको इतिहासमा गीत मार्फत नया पन दिन खोजेको बताएका छन् ।पछिल्लो युवा पुस्ताले आफ्नो कला र संगित लाई भुल्दै गएको अवस्थामा ठेट नेपाली बाजाहरुको प्रयोगमा गित तयार गरियकोछ । गितको भिडियो सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरमा छायांकन गरिएको छ ।

नर बहादुर देउवा र भानु रिजालको शब्दमा सार्बजनिक भएको गीतमा स्वयम नर बहादुर देउवा र सुनिता बुढाक्षेत्रीले स्वर भरेका छन । गीतले समंग्र नयाँ युवापिढीहरुलाई भरपुर मनोरञ्जन पुग्ने गायक नर ब देउवा बताउँछन् । हितैको मायामा नृत्य निर्देशक तथा मोडल चन्द्रमन्दिर मगर लक्ष्मी गिरी खगिसरा दर्लामी र प्रशान्त सापकोटाको अभिनय रहेको छ । भने म्युजिक भिडियोको निर्देशन किरण बिसीले गरेका छन् ।

तपाईको प्रतिक्रिया