कर्णालीमा ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम सुरु

सुर्खेत ।  कर्णाली प्रदेशका १० वटा स्थानीय तहमा सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम सुरु भएको छ । युरोपियन युनियन, युनिसेफ, युएन वुमन, अन्तर्राष्ट्रिय श्रम संगठन र युएनएफपिएले यहाँका १० पालिकाहरुमा सो कार्यक्रम सुरु गरेको हो ।

चार वर्षे यो परियोजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका चौकुने गाउँपालिका, दैलेखको नारायण नगरपालिका, दुल्लु नगरपालिका, महाबु गाउँपालिका र भैरवी गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिका तथा रुकुम पश्चिमको ठूलीभेरी र सानीभेरी गाउँपालिकामा सुरु भएको हो ।

शुक्रवार सुर्खेतमा आयोजित कार्यक्रममा युएन वुमनका कार्यक्रम अधिकृत सन्तोष आचार्यले यो कार्यक्रम कर्णालीका १०, सुदूरपश्चिम प्रदेशका १० र मधेस प्रदेशका १२ गरी ३२ वटा पालिकाहरुमा लागू गरिएको जानकारी दिए । हाललाई नमूना कामका लागि कर्णालीका १० वटा पालिकालाई छनोट गरिएको र यसको प्रभावकारितापछि अन्य पालिकाहरुमा थप विस्तार गरिने लक्ष्य राखिएको छ ।

यी सवैका लागि करिव दुई अर्बको बजेट रहेको छ । विशेषगरी महिला र बालबालिकालाई आयआर्जनलगायतका सशक्त बनाएर समद्ध नेपला बनाउने लक्ष्यका लागि यो परियोजना संचालन गरिएको उनले बताए। राजनीतिमा महिलाको उपस्थिति घट्दै गएको, ज्यालामा महिलाले कम पारिश्रमिक पाउने, सामाजिक रुपमा महिलामाथि विभेद हुनेजस्ता लैंगिक विभेद न्यूनीकरण यो परियोजनामार्फत हुनेछ ।

लैंगिक समानता, सामाजिक मूल्य र मान्यताको रुपान्तरण, आर्थिक श्रमअधिकार, सामाजिक सुधार र नीतिगत व्यवस्थालाई यो परियोजनाले प्राथमिकता दिएको कार्यक्रम अधिकृत आचार्यले बताए । उनले पालिका छनोट, काम गर्ने प्रक्रियाका वारेमा अवगत गराएका थियो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले परियोजनाले कर्णालीका १० पालिकाका महिलाहरुलाई आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा सशक्त बनाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको जनाए । उनले लक्ष्य अनुसार कार्यक्रम हुनेमा आपूm विश्वस्त रहेको बताउँदै त्यसका लागि सम्बन्धित पालिकाहरुले पनि सहयोग गर्नुपर्ने उल्लेख गरे ।

सामाजिक विकास मन्त्री खड्कबहादुर पोख्रेलले महिला र बालबालिकाको क्षेत्रमा यो परियोजना उपयोगी हुने जनाए । उनले परियोजना सफलताका लागि प्रदेश सरकारले पनि आवश्यक सहयोग र समन्वय गरिराख्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा कार्यक्रम लागू भएका पालिकाका जनप्रतिनिधिले कार्यक्रमको उपादेयताको वारेमा सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया