
सुर्खेत । भुकम्पमा परी जाजरकोट र रुकुममा ३६ जनाको मृत्यु पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ।
यस्तै गएरातीको भूकम्पमा परी ४६ जना घाइते भएका छन् । उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्याइएको छ ।
भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्दारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए ।
रातीको समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए । उनका अनुसार, हालसम्मको सूचनामा सबैभन्दा धेरै जाजरकोट र रुकुममा नै ज्यादा क्षति पुगेको छ ।

नेपालीरैबार । २०८० कार्तिक १८, शनिबार