भुकम्प प्रभावित क्षेत्रमा रवि, ३०० भन्दा बढी परिवारलाई पुग्ने राहत सामग्री हस्तान्तरण

सुर्खेत । संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राहत तथा उद्धार कार्यलगायत अन्य कार्यमा राज्यका संयन्त्रहरूसँग आवश्यक समन्वय गर्नका लागि विभिन्न समिति गठन गरेको छ । जसमा सुमना श्रेष्ठ व्यवस्थापन, डा. तोसिमा कार्की, डा. प्रभात अधिकारी स्वास्थ्य उद्धार, विष्णु कुमार श्रेष्ठ राहत तथा उद्धार र प्रतिभा रावलको नेतृत्वमा टिम व्यवस्थापन एवं अन्य समन्वय समिति गठन गरेको हो ।

शनिबार नै आवश्यक राहत, लत्ताकपडा र आवश्यक बन्दोबस्तीका सामान लिएर प्रभावित क्षेत्र जाजरकोट, पश्चिम रुकुम लगायतका क्षेत्रमा समिति सदस्यलगायत अन् य खटिएका छन् । त्यहाँका स्थानीय एफएममा ‘हेलो रवि’ कार्यक्रममार्फत स्थानीयको गुनासो सुन्ने र स्थानीय प्रशासनसम्म ध्यानाकर्षण गराउने काम गरिरहेका छन् ।

‘मेरो अभिव्यक्तिमा राजनीति घुसेछ भने क्षमा गर्नुहोला । विपद्मा मेरो स्टन्टबाजी हुँदैन । सकेको मद्दत गर्छु । खाद्यान्न, लत्ताकपडा, त्रिपाल र कम्बलको व्यवस्था गरेको छु’, स्थानीय एफएममा ‘हेलो रवि’ लाइभ कार्यक्रम चलाउँदै उनले भने, ‘पीडितका समस्या सुन्ने, स्थानीय प्रशासन पीडितसँग जोडिएका छन् वा छैनन् जान्ने कार्यक्रमको उद्देश्य हो । म कुनै पार्टी विशेषबाट नभई एक पूर्वसञ्चारकर्मीको हिसाबले जनताको पीर मर्कामा मलमपट्टी लगाउन आएको हुँ ।’ उनले ३०० भन्दा बढी परिवारलाई पुग्ने राहत सामग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेको बताए ।

तपाईको प्रतिक्रिया