प्रभावितहरुलाई सुरक्षित स्थान तर्फ तत्काल स्थानान्तरण गर्न कांग्रेस सुर्खेतकोे माग

सुर्खेत । नेपाली कांगे्रस सुर्खेतले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) मा उद्वार र राहतको कार्यमा संलग्न हुन अपील गरेको छ । कांग्रेस सुर्खेतका सचिव देव कुमार सुवेदी र बालदिप कडेलको संयुक्त विज्ञप्तिमा भनिएको छ, भुकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थान तर्फ तत्काल स्थानान्तरण र भत्किएका संरचनाहरु पुननिर्माणः गर्न नेपाल सरकार र प्रदेश सरकार संग जोडदार माग गर्दछ ।


यस कठित घडिमा नेपाली काँग्रेस सुर्खेतका सम्पुर्ण पार्टी निकायहरु, भातृ तथा शुभेच्छुक संस्थाहरुलाई भुकम्प प्रभावित क्षेत्रमा सक्रियतापूर्वक उद्दार, राहत सामाग्री व्यवस्था र पुननिर्माणमा लागि विपत्तिको सामनामा संयम, धैर्यता र एकतापूर्वक सहयोग गर्न सम्पूर्ण दिदिवहिनी दाजुभाईहरुमा अपील गर्दछौं।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठुलो सख्यामा मानवीय र धनजनको क्षति साथै धेरै संख्यामा घाइते भएको घटना प्रति नेपाली कांग्रेस सुर्खेत गहिरो दुःख व्यक्त गर्दछ । साथै सम्पुर्ण पिडितहरुको यो संवेदनशिलताप्रति पार्टीको तर्फबाट गहिरो सहानुभूति प्रकट गर्दछाँै ।

साथै कांग्रेस सुर्खेतले विनाशकारी भूकम्पमा परी दिवंगत भएका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकहरुको आत्मको चिरशान्तिको कामना सहित शोक सन्तप्त परिवारजनप्रति गहिरो संवेदना प्रकट गरेका छ । साथै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया