म निर्वाचित भएपछि….?

म निर्वाचित भएर आइसकेपछि महत्त्वपूर्ण कामहरु भएका छन् । पहिलो कुरा गाउँपालिकामा थिती थिएन् त्यो बसालें । दोस्रो चौकुनेमा शिक्षाको सुधारका लागि लगानी गरेर सुधार ल्याउने गरि कार्यक्रम अगाडि सारिएको छ । अर्काे वास्तविकता किसानको पहिचान गर्ने काम भएको छ भने किसानलाई गोठालो भत्ता तथा किसान पेन्सन कार्यक्रम संचालन गरेको छु । त्योसँगै किसानलाई प्रोत्साहनका कार्यक्रम पनि चलाएका छौं । त्यो अनुसार उत्पादनमा पनि वृद्धि आएको छ ।

म आइसकेपछि साढे ६ सय पुर्जाहरु वितरण भएका छन् भने झण्डै एक हजार चार सय पुर्जाहरु अहिले वितरण गर्ने तयारी भइरहेको छ । तयारीसहितको हेर्दा दुई हजार लालपुर्जाहरु तयार भएको छ । यसरी जनतालाई जमिनको मालिक बनाउने, शिक्षामा गुणस्तर ल्याउने, कृषिमा उत्पादन बढाउने कामहरुलाई मुख्य प्राथमिकता दिएर अगाडि बढेको छु ।

खोपानीको क्षेत्रमा अलपत्र परेका योजनाहरुलाई सञ्चतालन गर्ने, भवनहरु निर्माण र सडक निर्माणका कामहरु धमाधम भइरहेका छन् । हामीले यो बिचमा सबैभन्दा टाढाको बेनिघाट, जो सुर्खेत, अछाम र डोटीको त्रिवेणी हो, त्यहाँ सडक पु¥यायौँ । पहिलो पटक गाडी पुग्यो, त्यहाँ । यीनै कामहरु अघि बढेको छन् ।

समन्वयकारी भूमिका

तीन तहका सरकारहरुबीच समन्वयकारी भूमिका भएको छ । तर, जति हुनुपर्ने हो त्यो भएको छैन । पालिकाहरुमा आउनुपर्ने बजेट अझै आएको छैन । साना योजनाहरुमा जति कल्पना गरेका थियौँ, त्यो खालको बजेट आएको छैन । समन्वयको हिसाबले हामी नै अग्रसर हुनुपर्छ । हामीले समन्वय गरेर नै मदन भण्डारी राजमार्गको कामहरु अगाडि बढेको छ । यो म निर्वाचित भइसकेपछि काठमाडौँ नै पुगेर यसको लागि पहल थालेको थिएँ । अहिले टेण्डर भएर पनि काम भइरहेको छ । चौकुने गाउँपालिकाको झण्डै २३ किलोमिटर सडकको काम भएको छ । प्रदेश र संघीय सरकारको नेतृत्व, सम्बन्धीत मन्त्रालयका मन्त्रीहरुसँगको समन्वयमा यो काम अगाडि बढेको हो ।

गाउँ–गाउँमा सिंहदरबार

‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नारा जुन, थियो त्यही अनुसार जनताले प्रत्याभूति हुने गरी कामहरु, सेवा प्रवाह भइरहेको देखिन्छ । चौकुनेको पुर्व–पश्चिम लम्बाई ५५ किलोमिटर छ । यो बाटोमा नागरिकहरु पालिकामै आएर नागरिक सुरक्षाभत्ता बुझ्थे । हामीले त्यसलाई घटाएर प्रत्येक वडामा पुगेर वितरण हुन्छ । सबै वडाका उपभोक्ता समितिहरुको सम्झौता पालिकामा आएर गर्नुपर्ने हुन्थ्यो तर, त्यसलाई पनि हामीले हटाएर वडाबाट नै हुन्छ । प्राविधिक इञ्जिनियरहरु वडामै जान्छन् । हामीलेसम्म जनतालाई सहज र नजिकबाट सुविधा दिने योजना ल्याएका छौँ । गाउँपालिकालाई पनि अझ गाउँ–गाउँमा पु¥याउने र कुनै बेला काठमाडौँ जाँदा पनि पाउन नसकिने सुविधाहरु अहिले वडाबाट नै दिने पहल भइरहेका छन् । साथै हामीले खर्च कटौतिमा पनि ध्यान दिएका छौँ, अनावश्यक रुपमा खर्च नगर्ने । म निर्वाचित अध्यक्ष हो तर, म पालिकाको गाडी चढ्दैन । बरु त्यो गाडी जनताको सेवामा समर्पित छ । म आफ्नै पुरानो बाइमा सवार भएर सेवामा हाजिर हुने गरेको छ । नागरिकलाई सेवा दिने भनेर नै मैले यो निर्णय गरेको हो ।

कार्यकालभित्र

चौकुने गाउँपालिकालाई आफ्नो कार्यकालमा एउटा विकासको अग्रपथमा लम्किएको पालिकाको रुपमा स्थापित गराउने योजना बनाएको छु । कृषि र मासुमा आत्मनिर्भर बनाइने छ, फुलफुल उत्पादनमा बढवा दिइने छ । त्यो अनुसारको लगानी पनि भइरहेको छ । रणनीति बनाएर नै हामीले कामहरु गरिरहेका छौँ । सबै बाटाहरुको काम भइरहेको छ र कालोपत्रे गर्ने योजनाहरु पनि अगाडि बढाइएका छन् । सबै वडामा खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ । झण्डै ५३ सय घरधुरीका जनतालाई जनताको मालिक बनाउने कुरा सकिने छ । यसरी मेरो कार्यकाल सकिने छ ।

तपाईको प्रतिक्रिया