मुगुको सामूहिक हत्या प्रकरण: एकजना पक्राउ

सुर्खेत । मुगुको छाँयानाथ रारा नगरपालिकामा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन। तर हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनी मृतक परिवारका आफन्त रहेको बुझिएको छ।

उनी छाँयानाथ रारा नगरपालिका वडा नम्बर–७ पिनागाउँका स्थानीय रहेको प्रहरी स्रोतले बताएको छ। कात्तिक १० गते छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा र उनका ३ जना छोराछोरी मृत भेटिएका थिए।

सो घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट डीएसपी धर्मराज भण्डारी नेतृत्वको टिमलाई मुगु पठाइएको छ।

श्रीदेवीका साथै उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका अर्का छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहरालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। घटनाबारे शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ।

तपाईको प्रतिक्रिया