दुर्गा प्रसाईंको हल्लाको हदम्याद कति ?

विपी कोइरालाको एउटा मनावैज्ञानिक हिन्दी कविताको शिर्षक ‘वहा’ को श्लोक छ । चलोरात बहुत हो गई, सोने चलो मा ने कहाँ मन्नु ने सोचा–जव सवलोग सो जायगे और वह मैना भि सो जायगि, तब मै चुपके से ऊसके पंख लेकर ऊडजाऊगां..

कोइराला आफैमा एक मनोवैज्ञानिक साहित्यकार हुन्, उनले चाहेको साहित्य नेपाली माटोको मनोवैज्ञानिकतासंग निकट छ । नेपाली मनोविज्ञानले दर्शनको दरिद्रता पछि थुप्रै मान्छेमा देश बनाउने उत्कट चाहनाभित्र दुर्गा प्रसाईँलाई पनि अनुबन्धन गरिसकेको छ ।

मैले कोइरालाको निश्चित श्लोक सापटी लगेर बोल्दा दुर्गा प्रसाईँको आधा बैङ्किङ ऋण मिनाहा त नहोला तर, हामीले जोखेको एक केजी फलाम र एक केजी कपास बराबर हो भन्न चाहि निश्चित छ । नेपाली समाजको मनोविज्ञानले राजा हुँदा राजालाई शासन गर्न नदिएको इतिहास जीवितै छ । कार्यकारिणी अधिकार राणाले लगिरहँदा मेरो इलाकाभित्र म यतिसम्म गर्न पाऊँ बाँकी देश आफै चलाऊ भन्ने शर्तमा राणाहरुको कयांै लामो शासन खोसेर जनताले ल्याएपछि जनताबाट शासन खोस्ने राजाको चाल इतिहास्ले लेखेकै छ ।

आफुले स्थापित गरेको देशको दाबी लिने राजपरिवारलाई देश र जनता भन्दा पनि विरासत प्रतिको मोहले अहिले दुर्गा प्रसाईँतिर फर्कनुपरेको छ । यहि विरासतको व्याख्या र कानुनी राज्यको अपव्याख्या सामाजिक सञ्जालबाट गरेर आफुले प्रशिद्धी कमाएको ठहर्ने प्रसाईँ जिउ र धन बाहेकको जोखिम नमोलेर बाँकी सबै जोखिम मोल्न तयार देखिन्छन् । जिउ र धनको जोखिम बाहेक उनको अरु जोखिम भनेको पुर्व सुप्रिमो प्रधानमन्त्री प्रचण्डदेखि आफ्ना रजगजका हजुरबुबा केपि ओलीसम्मको सम्बन्ध हो । उउनले त्यो जोखिम मोल्न तयार रहेको मनोविज्ञानको क्षतिपुर्ति राजासंग नजिक भएर पुर्ती गर्न चाहन्छन् ।

राज्य विहिन राजाको लागि सम्पुर्ण सार्वभौम भुमिको शासन अरुमा गएपनि कमल थापा, लिङदेन हुदै पशुपति समशेर जबरासम्मको सम्बन्ध दुर्गा प्रसाईंले सोधभर्ना गरिदिन्छन् । र, बेलाबखत झापा तिर तिर्थ वर्त सवार हुन पाइन्छ भने दुर्गा प्रसाईंलाई चकटी दिनु कुनै घाटाको बिषय नरहने मनोविज्ञानमा छन् ।

पश्चिमी दर्शनको अभाव र पुर्वीय दर्शनको गञ्जागोलको कारण मान्छेहरुमा मुर्खता मौलाउँदै गरेको बेला दुर्गा प्रसाईंले राजा ल्याइदिन्छ होईन् तपार्इंलाई राजा बनाइदिन्छु भनेपनि मान्छेहरु पत्याउने अवस्थामा छन् । किनकि मान्छेहरुमा खल्तिको अभाव त बैंक अकाउन्ट स्क्यानिङ् गरेपनि पुर्ती हुन्छ भने द्धन्द्धवादलाई दर्शनले बाहेक अरुले पुर्ती गर्न सम्भव छैन । त्यसकारण मान्छेले जेसुकैपनि सोच्न पाउने दायरा भनेको उसको शुन्य अनुमानको घोतक हो ।

एक जमनामा रञ्जु दर्शनाले बाहेक अरु नदेख्ने दर्शकहरु अहिले आएर दुर्गा प्रसाईं बाहेक अरुलाई आँखा लगाउन छाडिसके । रञ्जु दर्शनाको काठमाण्डौ बनाउने भिजन सेलरोटी बिक्रिमा गएर अपभ्रङ्स भएपछि टुहुरो परेका पण्डितहरु अहिले आएर दुर्गा प्रसाईंलाई क्रान्तिकारी विद्वान प्रमाणित गर्न स्क्यानिङमा डोनेसन गरिरहेका छन् । आफ्नो नाति पुस्ताको लागि लग्जरियस पजेरो किनेर राख्न सक्ने प्रसाईंले सामान्य माइतिघरमण्डला डेकुरेसन खर्चसम्म टाल्न चाहदैनन् भन्नेसम्म बुझ्न नसक्ने बुझक्किको दिमागमा प्रसाईंले छापा मार्न सफल भएका छन् ।

कुनै सार्वजानिक कार्यक्रमको लागि आर्थिक सहयोग माग्नु र गर्नुलाई अन्यथा लिन सकिँदैन तर, अरुलाइ बैँकको ऋण नतिर्नु भन्ने प्रसाईंले आफुले सबै बैंकको ऋण तिरेको कागज सार्वजानिक मिडियासम्म आएर प्रचार गर्दै आफु र आफ्नो अचल सम्पत्ति सुरक्षित भएको देखाउँदापनि लघुवित्तको ऋण मिनाहा हुने भरोसामा बसेका ऋणीलाई देखेर बैंकपनि जिल्ल छन् । भारत छोड आन्दोलन गर्दा गान्धिले आफुले पनि अङग्रेजको उत्पादन प्रयोग गरेनन् र अरुलाई पनि नगर्न अनुरोध गरेका थिए । आफु सम्पुर्ण बैँकको ऋण तिरेर मासिक किस्ता हाल्ने दुर्गा प्रसाईं साधारण किसानलाई बैँकको किस्ता मिति भुलाउन माइतिघर मण्डला जान केही पदन बाँकी छ भन्दै अल्झाईरहेका छन् ।

चुलोचौकाभित्र यूट्युबरदेखि अनलाइन मिडियासम्म बोलाई तक्क्षशिला एकेडेमी प्रचार गर्न हैसियत राख्ने उनका लागि आखिर के छ माइतिघरमा ? जुन चिज उनले झापामा पाएनन्, त्यो चिज माइतिघर मण्डलाबाट खोजिरहेका छन् । अब म बल्ल कोइरालाको हिन्दी कविताको सप्रसङ्ग ब्याख्यामा प्रवेश गर्छु ।

आमले चलो रात बहुत हो गई सुत्न जाऊ भनेपछि, मन्नुले सोचेका छन् कि जब सबै सुत्नेछन् अनि त्यो मैना चरी पनि सुत्ने छ । अनि त्यो मैना सुतेपछि बहुत सुस्त सुस्त म त्यसको प्वाँख उखेलेर आफुमा जोडेर उड्ने छु ।

यसरी सबैलाइ चिर निन्द्रामा सुताएर सुतेको मान्छेको प्याँखले आफु उड्ने सपना देखेका दुर्गा प्रसाईंको शुभचिन्तकहरुलाई उनले फर्काइदिएको राजाले पालेको घोडाको बग्गिमाथि राजा हुनेछन् अनि त्यसपछि दुर्गा प्रसाईं हुनेछन् । त्यसपछाडि उनको सेक्युरिटी फोर्स हुनेछ र, अन्तिममा तपाईँहरुनै हुनुहुनेछ ।

तपाईँहरुको भुमिका अहिले जे छ त्यहि हुनेछ । त्यसकारण कहिले काहीँ टाकुरोमा उभिएर आफु अग्लो भइन्छ भन्ने भ्रम प¥यो भने मान्छेले पहाडको उचाई आफ्नै उचाई भनेर दाबी गर्छन, त्यस्तो दाबी खारेज गर्न प्रयास गर्नुपर्दछ ।

लेखक विसी नेकपा (माओवादी केन्द्र) का युवा नेता हुन् ।

तपाईको प्रतिक्रिया