हाम्रो पालिका

‘बराहताललाई आत्मनिर्भर पालिकाको रुपमा विकास गर्छौँ’

बराहताल गाउँपालिका प्रदेश राजधानी वीरेन्द्रनगरसँगै जोडिएको पालिका भएपनि यहाँका कतिपय बस्तीहरुले अझैपनि दुर्गमता झेलिरेहका छन् । म निर्वाचित भएर आइसकेपछि स्वास्थ्य क्षेत्रमा का ग¥र्यौँ । विभिन्न ठाउँमा शिविर सञ्चालन र स्वास्थ्य संस्थामा सबै नागरिकको सहज पहुँचमा आउनेगरि कार्य गरेका छौँ ।

  • भिमबहादुर भण्डारी, अध्यक्ष
    बराहताल गाउँपालिकाका, सुर्खेत

त्यसपछि पालिकामा सहज रुपमा काम गर्नका लागि आवाश्यक कानुनहरु पनि बनाएका छौँ । विकासका कार्यमा नपुगेको ठाउँमा सडक पु¥याउने र खनेका बाटाहरुको स्तोरन्नती गर्ने काम गरिरहेका छौँ । ग्राबिलका कामहरु पनि धमाधम भइरहेका छन् भने खानेपानी सम्बन्धी अघिल्लो बर्षमा ९ वटा योजनाहरु सम्पन्न गरेका छौँ । ८ वटा त कार्यान्वयनमै आइसके । हामीले एक घर एक धाराको अवधारणा अनुसार स्वच्छ खानेपानी विस्तार गरिरहेका छौँ ।

प्रदेश राजधानी नजिकै भएपनि यहाँका धेरैजसो बस्तीमा विद्युतको पहुँच विस्तार भइसकेको छैन । तरङ्गा लगायतका बस्तीहरु अझैपनि अन्धकारमा छन् । यि क्षेत्रहरुमा पोलिङ्को काम भइरहेको छ । १ वटा बाहेक अरु सबै वडामा पोलिङको काम भइरहेको छ । अर्को महत्वपुर्ण कुरा जनतालाई जमिनको मालिक बनाउने काम भइरहेको छ । धेरै ठाउँमा लालपुर्जा वितरण भइसकेको छ भने अझै त्यो क्रम जारी छ ।

शिक्षा सुधारका लागि एउटा अभियान नै चलिरहेको छ । बराहतालको जनज्योती माविले ‘पढ्दै कमाउँदै’ कार्यक्रम केही पहिलादेखिनै सञ्चालनमा ल्याएको थियो । सम्भवतः यस्तो कार्यक्रमको जननी नै यही विद्यालय हो । अहिले उक्त कार्यक्रम हामीले पालिकाका सबै ठाउँमा विस्तार गरिरहेका छौँ ।

अर्को सिँचाईको कामहरु पनि भइरहेका छन् । किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित बाँझो जमिनको उपयोग र उत्पादनमा वृद्धि गर्ने विषयलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । सिँचाईमा लगानी भइरहेको छ । हाम्रो अर्को उद्देश्य भनेको युवा जनशक्तिलाई आफ्नै ठाउँमा कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्ने हो । विदेश जाने कुरा अहिले चलनका रुपमा नै देखिन्छ ।

हामीले आफ्नो पालिकामा भएका स्रोत, साधानहरुको उपभोयमा निमित्त युवा जनशक्ति परिचालन गर्ने र स्वदेशमै केही गर्ने वातावरण बनाउने योजना बनाएका छौँ । बाँझो जमिनको उपयोग गर्ने, सिँचाईको व्यवस्थापन गर्ने र युवा जनशक्तिलाई उत्पादनमा जोड दिने हाम्रो योजना छ । त्यसले गर्दा विदेशमा जति कमाई गर्ने नभएपनि आफुलाई आत्मनिर्भरताको बाटोमा लम्काउन सकोस् भन्ने छ ।

सिंहदरबारको अनूभूति

हामीले केही राम्रो गर्ने काम गरिरेहका छौ । हिजोका दिनमा भन्दा अहिले केही रुपान्तरण पक्कै भएको छ । हिजो सिंहदरबारमा पुग्दा पनि सहज रुपमा नपाउने सेवाहरु अहिले आफ्नै घर नजिकबाट पाइरहेका छन्, जनताले । यद्यजि जति हुनुपर्ने थियो, त्यो भएको छैन ।

नागरिकले सिंहदरबारको अनुभूति गर्ने गरी काम गर्न सकिएको अवस्था छैन । राज्यले पालिकाहरुमा पठाउने केन्द्रिकृत बजेटका कारण केही समस्याहरु छन् । बजेटको आकार ठुलो हुने तर, विकास बजेट त्यसमा १० प्रतिशत पनि रहँदैन । यति सानो बजेटले सबै जनताको अपेक्षा अनुुसार काम हुन सक्दैन । यसले गर्दा नागरिकले सिंहदरबारको अनुभूति गर्न सकिरहेका छैनन ।

भौतिक विकाससँगै सामाजिक रुपान्तरणको पनि काम गर्नुपर्ने हुन्छ । जबसम्म नागरिकको चेतनाको विकास हुँदैन तबसम्म अन्य विकासको खासै अर्थ रहँदैन । त्यसैले स्थानीय सरकारले त्यतातर्फ ध्यान दिइरहेका छौँ तर, प्रयाप्त मात्रामा त्यस्ता अभियानहरु चलाउन सकिएको छैन ।

कार्यकालमा बराताल कस्तो पालिका बन्छ ?

हामी आफ्नो कार्यकालमा बराहताललाई आत्मनिर्भर पालिका बनाउने प्रयासमा छौँ । त्यही अनुसारको योजना पनि बनाइरहेका छौँ ।

तपाईको प्रतिक्रिया