नेपालबाट कोरियन भाषा परीक्षामा सहभागी ३२ हजारमध्ये चार हजार उत्तीर्ण

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक श्रमिकले दिएको भाषा परीक्षा (ईपीएस) मा ४ हजार ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् । ईपीएस कोरिया शाखाका अनुसार परिक्षामा सहभागी ३२ हजार ५०७ परीक्षार्थी मध्ये ४ हजार ९८ जना पास भएका हुन् ।

सोमबार सूचना प्रकाशित गरी ईपीएस कोरिया शाखाले असोज १ गतेदेखि मंसिर ७ गतेसम्म सम्पन्न भएको सिपबुइल्डिङ क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षाको नतिजा मंसिर ११ गते प्रकाशन भएको जनाएको छ ।

पास भएका ४ हजार ९८ जनामध्ये ३ हजार ९०१ जना पुरुष र १९७ जना महिला छन्। परीक्षामा ३३ हजार २०१ पुरुष र २ हजार २७७ जना महिला सहभागी थिए ।

पहिलो चरणको कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको दोस्रो चरणको स्किल टेस्ट एण्ड कम्पिटेन्सी टेस्टको परीक्षा हुनेछ । सो परीक्षामा उत्तीर्ण भएपछि मात्रै अन्तिम नामावली प्रकाशित हुने ईपीएस शाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया