लागूऔषध दुर्व्यवहार विरुद्ध सचेतना गराउँदै सिडिओ र एसपी

खजुरा, । बाँकेको एक सरकारी विद्यालयका विद्यार्थीलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले लागूऔषध दुर्व्यवहार विरुद्ध सचेतनाको प्रशिक्षण दिएका छन् ।

बुधबार नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीस्थित धम्बोझी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले लागूऔषध दुर्व्यवहार विरुद्धको चेतनामूलक प्रशिक्षण दिएको विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीले जानकारी दिए।

प्रधानाध्यापक सुवेदीका अनुसार कक्षा ९ र १० का करिब एक सय विद्यार्थीलाई प्रजिअ पोखरेल र प्रहरी उपरीक्षक बोहराले लागूऔषध उत्पादन, ओसारपसार, बिक्रीवितरण तथा सेवनविरुद्धको सचेतना प्रशिक्षण दिएका हुन् । साथै लागूऔषध दुव्र्यसनले व्यक्ति र समाजमा पार्ने नकारात्मक असर तथा कानुनका बारेमा पनि सचेतना प्रशिक्षण दिनुएको सुवेदीले जानकारी दिए ।

विद्यार्थीलाई दिइएको सचेतनाको प्रशिक्षणबाट सिकेको पाठ आफूले पनि लागू गर्ने र घर तथा समाजमा पनि यस विषयमा जानकारी गराई समाजलाई समेत सचेतना फैलाउनका लागि विद्यार्थीहरुलाई आग्रह गरेको पनि प्रधानाध्यापक सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया