हुम्ला सिमिकोट र नाम्खामा सार्वजनिक बिदा

हुम्ला,। सदरमुकाम समेत रहेको सिमिकोट र उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका आज (बुधवार) सार्वजनिक बिदा दिएका छन् । यी दुवै गाउँपालिकामा बसोबास गर्ने लामा समुदायले मनाउने पर्व लोसार परेको कारण गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर शाहीका अनुसार बौद्ध धर्मावलम्बी भोटे लामा समुदायहरूले मनाउने २१५१ को सोनाम ल्होसारको अवसरमा बुधवार र बिहीबार गरी दुई दिन सार्वजनिक बिदा दिइएको हो ।

उक्त निर्णय गाउँ कार्यपालिकाको बैठकले गरेको हो । सार्वजनिक बिदामा गाउँपालिका, स्वास्थ्य तथा शिक्षण संस्था पूर्ण रूपमा बन्द रहनेछन् । त्यसैसरि सिमिकोट गाउँपालिकाले पनि वडा नम्बर १, ३ र ४ मा बसोबास गर्ने लामा समुदायहरूले मनाउने तोङ्तरी ल्होसारको अवसरमा मङ्सिर २७ गते एक दिनका लागि सार्वजनिक बिदा दिएको गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया भामले बताएकी छन् भने बिदाका दिन गाउँपालिका भरिका शिक्षण, स्वास्थ्य र वडा सबै कार्यालय बन्द रहनेछन् ।

तपाईको प्रतिक्रिया