ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य एकै दिनमा तोलामा दुई हजार ८०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलाको एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर कारोबार भएको हो । चाँदी तोलाको एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी गराएको छ।

तपाईको प्रतिक्रिया