जाडोमा युरिक एसिडको बिरामीले खान नहुने चिजहरु

शरीरमा युरिक एसिड जम्मा हुनुलाई निकै खतरनाक मानिन्छ । रगतमा युरिक एसिडको मात्रा बढ्यो भने जोर्नी दुख्ने समस्या आउँछ, मृगौलासम्बन्धी रोग, हर्ट अट्याक जस्ता प्राणघातक रोग पनि लाग्न सक्छन् । त्यसकारण युरिक एसिडको बिरामीहरुले विषेश ध्यान दिनु पर्ने हुन्छ ।

कयौँ पटक त युरिक एसिडले शरीरमा क्रिष्टलको रुप लिन्छ अनि बिस्तारै थुप्रिन थाल्छ । यसका कारण जोर्नी दुख्ने समस्या देखिन थाल्छ । तपाईँको शरीरमा पनि युरिक एसिडको मात्रा धेरै छ भने विशेषगरि जाडो याममा खानपानमा विशेष ख्याल राख्नु पर्दछ । प्रायः चिसो मौसममा खाइने केही खानेकुराले युरिक एसिडको स्तरलाई झन् बढाउन सक्छ । चिसोमा युरिक एसिडका बिरामीले खान नहुने यी खानेकुराहरू के के हुन्, हेरौँ ।

मासु: चिसोमा शरीरलाई तातो राख्ने भन्दै मानिसहरू मासु खान मन पराउँछन् । तर रातो मासु, मिर्गौला आदिले शरीरमा युरिक एसिडको मात्रा बढाउन सक्छ ।

अमिलो खाना: केही प्रकारका अमिलो खानाहरुले शरीरमा युरिक एसिडको मात्रा बढाउन सक्छ । त्यसैले यस्ता अमिलो खाना खानु अघि डाक्टरसँग सल्लाह लिन आवश्यक पर्दछ ।

किसमिसः खास भन्ने हो भने किसमिस स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर युरिक एसिडका बिरामीका लागि भने यसको सेवन खतरनाक साबित हुन सक्छ ।

सलगमः चिसोयाममा बजारमा टन्नै सलगम पाइन्छ । यसलाई केहीले सलाद त केहीले तरकारीको रुपमा खान्छन् । तर युरिक एसिडका बिरामीले भने यो खानु हुन्न । यसमा केही यस्तो तत्व पाइन्छ जसले युरिक एसिडको मात्रा बढाउन सक्छ ।

चुकन्दर: चिसोमा चुकन्दरको सेवन निकै धेरै हुन्छ । तर यसमा युरिक एसिडको स्तर बढाउने तत्त्वहरू पाइन्छ । त्यसैले तपाईँमा युरिक एसिडको समस्या छ भने यसलाई खानु हुन्न ।

मिठाई: गुलियो धेरै पाइने खानेकुरा खाँदा शरीरमा युरिक एसिडको स्तर बढ्न सक्छ । मिठाईमा चिनीको मात्रा निकै धेरै हुन्छ । त्यसैले यसलाई खाएपछि युरिक एसिड बढ्न थाल्छ ।

तपाईको प्रतिक्रिया