वीरेन्द्रनगरमा दुई समुहबीच झडप हुँदा दुई जना घाइते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा दुई समुहबीच झडप हुँदा दुई जना घाइते भएका छन्। बिहीबार साढे ४ बजेतिर वीरेन्द्रनगर नगरपालिकाको रंगशाला नजिकै यातायात व्यवसायी र दुई युवाहरुबीच झगडा भएको सुर्खेत प्रहरीले जनाएको छ ।

उक्त झपडमा दुई जना युवाहरु घाइते भएको थिए । घाइते हुनेहरुमा जाजरकोटको कुशे गाउँपालिका–८ बस्ने १८ वर्षीय आनन्द सिंह र सोही ठाउँका १८ वर्षीय नवीन शाही रहेका छन्।

युवाहरुले मापसे गरेको प्रहरीले जनाएको छ। झगडा किन भएको हो भन्नेबारे नखुलेको र अनुसन्धान भइरहेको छ। घाइते युवालाई मापसे जाँच र उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो ।

तपाईको प्रतिक्रिया