नेपाल प्रहरी श्रीमती संघका भाबी योजना सार्वजनिक

सुर्खेत । नेपाल प्रहरी श्रीमती संघले प्रहरीका परिवारहरुलाई स्वरोजगार बनाउन ऋण–अनुदान सहयोग गर्ने भएको छ । नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले श्रीमति संघ कर्णाली प्रदेश कार्यालय उत्घाटन गर्दै प्रहरीका परिवारलाई स्वरोजगार बनाउन ऋण–अनुदान सहयोग गर्न बताइन् । नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवर, अन्य पदाधिकारी र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष बिन्दु अधिकारी ढकाल सहितको टोलीले कर्णालीमा गरेका सामाजिक कामहरुका बारेमा जानकारी गराउदै आफ्ना भाबी योजनाहरु पनि सार्बजानिक गरेकी थिईन् ।


केन्द्रीय अध्यक्ष कुँवरले स्वरोजगारका लागि ऋण–अनुदानसँगै अन्य सीपमुलक तालिमहरु, नयाँ भवनमा आबश्यक श्रोत साधन र जनशक्ति व्यवस्थापन, आफ्नै सवारी साधन, नागरिकका लागि एम्बुलेन्स सेवा, सामाजिक चेतनाका लागि निशुल्क परामर्श कार्यक्रम, प्रदेश स्तरमा संघकै नेतृत्वमा पेट्रोल पम्प, लागुऔषध दुव्र्यसनी सुधारका लागि आसरा सुधार केन्द्र, श्रीमती संघ छात्रबृति कोष स्थापना गर्ने तयारी रहेको जानकारी दिईन् ।

नेपाल प्रहरी श्रीमति संघ कर्णाली प्रदेशकी अध्यक्ष बिन्दु अधिकारी ढकालले श्रीमति संघ केन्द्रले गर्ने कार्यहरुलाई अनुसरण गर्दै प्रदेश स्तरमा पनि आफुहरु सक्रिय हुने बताइन् । उनले केन्द्रमा सुरुवात भएका सामाजिक कामहरु हामी कर्णाली प्रदेशका विकट बस्तीहरुमा पुगाउनेछौँ । कर्णालीका महिलाहरुमा रहेको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य शिविरहरु पनि संचालन गर्ने योजना रहेको उनले बताइन् । यसलाई व्यवस्थित रुपमा संचालन र अभिलेखका लागि आफ्नै भवन पनि उद्घाटन भएको उनले बताएन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमूख डिआईजी भिमप्रसाद ढकालले नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवर सहितको टोली कर्णालीमा आएर धेरै सामाजिक गतिबिधिहरु भएको जानकारी दिए । उक्त टोलीले जाजरकोट र रुकुमपश्चिमका भुकम्प पीडितलाई राहत बितरण, सुर्खेतको देउतीब्ज्जै मन्दीर सरसफाई, सुर्खेतको मेहेलकुनामा निशुल्क स्वास्थ्य शिविर गरेको थियो । यस्तै सुर्खेत स्थित अमर प्रहरीका परिवारसँग अन्तरक्रिया, कारागारलाई पुस्तक हस्तान्त्रण, नेपाल पुलिस स्कुल सुर्खेतमा शैक्षिक सामग्री हस्तान्त्रण, फुल खेतीका लागि अनुदान बितरण लगायतका सामाजिक कार्यहरु सम्पन्न गरेको छ ।

तपाईको प्रतिक्रिया