चामुण्डाबिन्द्रासैनीका मा.वि. बिद्यालयहरूलाई खेलकुद सामाग्री वितरण

दैलेख । दैलेखकाे चामुण्डाबिन्द्रासैनी नगरपालिकाका विभिन्न मा.वि . विद्यालयहरूमा खेलकुद विकासका लागि सामग्री बितरण गरिएको छ । आईतबार चामुण्डा मा.वि (हाडाकोट), आनन्द मा.वि (चापागाउ), कालिका मा.वि (नेत्रपानि),हिमालय मा.वि (तिजकोडाडा),धमदेव मा.वि (आयरपाटा), भैरव मा.वि ( बास्ठाँना) मा खेलकुदका सामग्री वितरण गरिएकाे हाे ।


खेलकुद सामग्री वितरण गर्दै नगरपालिका प्रमुख गणेश कुमार शाहीले विधार्थीहरुलाई उज्वल भविष्य शुभकामना दिए । उक्त खेलकुद वितरण कार्यक्रममा चामुण्डाबिन्द्रासैनि नगरपालिका खेलकुद समिति अध्यक्ष दसरथ शाही, नि.शिक्षा शाखा प्रमुख श्री नगेन्द्र शाही, लगायतकाे सहभागी रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया