काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
भोलि मंगलबार पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशभरि चिसो बढेसँगै चिसोबाट बच्न वा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
नेपालीरैबार । २०८० पुष २, सोमबार