अब जे पायो त्यही फिल्म नखेल्ने निर्णयमा -अभिनेत्री प्रियंका

काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले अब देखि आफू अर्थपूर्ण फिल्ममा मात्र खेल्ले बताएकी छन् । उनले पहिले जस्तो जुन पायो त्यही फिल्म अभिनय गर्ने सोच आफूबाट हटेको बताएकी छन् ।

‘अहिलेसम्मको अभिनयमा धेरै थरी फिल्म गरियो । अव सोचेरै जे पायो त्यही फिल्म नगर्ने निर्णयमा पुगेकी छु’, प्रियंकाले भनिन् ‘अहिले म जीवनको ए फेजमा पुगेको छु । आफूलाई मनपर्ने फिल्म पनि आफै सहभागी समेत भएर मात्र गर्छु ।’

उनले अहिले दुई फिल्म अभिनयको तयारीमा रहेको र त्यो दुबै फिल्म निर्माण आफ्नो प्रोडक्सन हाउस समेत सहभागी भएको समेत खुलाइन् । ‘२०२४ मा मेरो दुई फिल्म दिने प्लान छ । यी फिल्मको स्क्रिटदेखि सबै क्रियाकलापमा म सहभागी भइरहेकी छु’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया