सुर्खेत आउदै गरेको जिप दुर्घटना

सुर्खेत। बाजुराबाट सुर्खेत आउदै गरेको जिप दुर्घटनामा परेको छ । मध्यपहाडी लोक मार्ग अन्तर्गत अछामको मंगलसेन नगरपालिका वडा नम्बर ७ मा र्घटना हुँदा १४ जना घाईते भएका छन् ।

घाईते हुनेमा हुम्ला निवासि गाडी चालक काबु लामा, प्रिन्स फडेरा, प्रतिज्ञा फडेरा र रत्न फडेरा रहेका छन् । यस्तै अन्य घाइते हुनेमा पुर्णबहादुर रावल, कुशे कार्की, रामसिला फडेरा ,रुपा कार्की, दिब्या रावल, धर्म फडेरा, मैना रावल, रंजिता रावल, हिराजन कार्की, र नम्रता फडेरा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

गाडी चालक काबु लामा सामान्य उपचारपपछि प्रहरीले नियन्त्रणमा लिएको र दुर्घटनाबारे थप अनुसंन्धान भैरहेको अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए । घाईते मध्यका ४ वर्षीय प्रिन्स फडेरालाई सुर्खेत रिफर गरिएको र अन्य घाईतेहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो ।

तपाईको प्रतिक्रिया