फेरि बढ्यो सुनको मूल्य

काठमाडौं । फेरि स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले बढेको छ । छापावाल सुन तोलामा एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सुन तोलामा एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थिए ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १८ हजार ४५० रुपेयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया