वीरेन्द्रनगरबाट भन्सार छलेर ल्याएको अबैध सामान बरामद

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भन्सार छलि गरेर ल्याउदै गरेको अबैध सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहिवार साँझ नेपालगञ्जबाट सुर्खेत आउदै गरेको कर्णाली प्रदेश ०२००१(ख)०६९६ नम्बरको फोर्स गाडिबाट कुनै बिल नभएको अबैध चिनी अन्दाजी २४० के.जी., नेहा मिठा सुपारी ४ बोरा, चक्लेट ३ बोरा, महेश नामक दालमोट १ बोरा गरि अन्दाजी २३ हजार ५ सय बराबरको सामान बरामद गरिएको हो ।

सुर्खेत प्रहरी कार्यलयबाट सादा पोसाकमा खटिएको टोलिले बरामद गरेको हो । बरामद गरीएको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा पठाईएको सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया