पाँच वर्षीय बालिका बलात्कार अभियोगमा ८० वर्षीय वृद्ध पक्राउ

काठमाण्डौँ । सिरहामा बालिका बलात्कार गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन्। सिरहाको गोलबजार नगरपालिकामा पाँच वर्षीय बालिका बलात्कार गरेको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ परेका हुन् ।

घरमा कोही नभएको बेला बालिकालाई ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ । छिमेकीले घटना जानकारी पाए लगत्तै प्रहरीलाई खबर गरेका थिए ।

तत्काल पुगेको प्रहरीले वृद्धलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पुरा गरी कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका निमित्त प्रमुख इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए ।

प्रहरीले आजै जिल्ला अदालत सिरहाबाट म्याद सात दिनको थप लिई उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया