तुलसी सेवाका फाइदाहरु

काठमाडौं । आयुर्वेदमा तुलसी औषधिय गुणका लागि भरिपूर्ण मानिन्छ । तुलसीको विरुवा घरमा रोप्नाले वातावरण शुद्ध हुन्छ । तुलसी सेवनका फाइदाहरु यस प्रकार रहेका छन् :

– तुलसी पानी दैनिक पिउनाले दिमागको कार्यक्षमतामा वृद्धि हुन्छ ।

– तुलसीले प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउँछ ।

– तुलसीको सेवनले रुघा, ज्वरो र दम जस्ता समस्यालाई कम गर्न मद्दत गर्दछ ।

– खोकी, बाथ दोष कम गर्न उपयोगी मानिन्छ ।

– पाचनशक्ति तन्दुरुस्त राख्नुका साथै भोक जगाउन मदत गर्दछ ।

– मलेरिया तथा ब्याक्टेरियल संक्रमणलाई भगाउँछ ।

– टाउको दुखाई या माइग्रेनको समस्याको समााधान गर्छ ।

– पखाला लाग्दा तुलसी पानी पिएमा पनि पखला कम गर्दछ ।

हाम्रो शरीरमा कुनै किसिमको रोग नभएको अवस्थामा पनि तुलसीको पात दैनिक पानीमा मिसाएर प्रयोग गरेमा शरीरमा कुनै रोग लाग्न बाट बचाउँछ ।

तपाईको प्रतिक्रिया