क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा ‘मायालु’ गीतको भिडियो सार्वजनिक

काठमाडौँ । अघिल्लो साता हरिवंश आचार्यको मानव बेचबिखन विरुद्धको सन्देशमूलक गीत अभिनय गरेकी अभिनेत्री प्रियंका कार्की अभिनीत नयाँ गीत ‘मायालु’ सार्वजनिक भएको छ ।


क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गीतमा गायक कमल मान सिंहको स्वर रहेको छ । कमल मान सिंहकै शब्द तथा संगीत रहेको गीतमा बाबु प्रधानको संगीत संयोजन छ ।

भिडियोमा प्रियंकाको मुख्य भुमिका रहेको छ । अभिनयमा उनलाई सहदेव चन्दले साथ दिएका छन् । चन्द नेपाल राष्ट्र बैंकका निर्देशक हुन् ।

रोमन मार्सको छायाङ्कन, सुप्रीम पराजुलीको सम्पादन रहेको भिडियो गायक कमलमानले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया