शरणार्थी शिविरमा हवाई आक्रमण

काठमाडौं। गाजाको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ। मध्य गाजापट्टीमा रहेको अल–मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले हवाई आक्रमणले भीडभाड भएको आवासीय क्षेत्रमा आक्रमण गर्दा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताए । इजरायली सेनाले क्याम्पहरू बीचको मध्यक्षेत्रका मुख्य सडकहरूमा बमबारी गरिरहेको छ ।

जसले एम्बुलेन्स र नागरिक सवारीहरूलाई लक्षित स्थानमा पुग्न बाधा पुर्‍याएको छ । मारिनेमा अधिकांश महिला र बालबालिका थिए र अहिले स्थानीय अस्पतालहरूलाई थप घाइतेको उपचार गर्न कठिन भइरहेको छ ।

तपाईको प्रतिक्रिया