हिटर बाली सुत्दा निसास्सिएर पूर्ववडाध्यक्षको मृत्यु

काठमाण्डौँ । काभ्रेपलान्चोकको जिल्लाको नमोबुद्ध नगरपालिका १ का पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ । चिसोका कारण हिटर र आगो बालेर सुतेका ८२ वर्षका पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

मङ्गलवार बिहान अबेरसम्म बुबा आमा नउठेपछि छोरा बुहारीले ढोका खोल्दा बुबा आमालाई बेहोस अवस्थामा फेला पारे । उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो । उपचारका क्रममा लामाको बिहान ९:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लामा दम्पतीले हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरी सुतेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया