राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि त्रिभुवन माविलाई

दैलेख । दैलेखमा दोस्रो नगर प्रमुख कप तथा तेस्रो राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सपन्न भएको छ । तेस्रो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि त्रिभुब माविले जितेको हो । मंगलबार रेडक्रस मावि भूर्ति दैलेखमा सम्पन्न प्रतियोगितामा स्वर्ण,१७ रजत र ३ कांस्य पदक सहित त्रिभुव माविले उपाधि जितेको हो ।

यस्तै छात्र भलिबल तर्फ रैनादेवि मावि टाटामाखुले उपाधि जितेको छ भने द्वितीय त्रिभुवन मावि नयाँ बजार र तृतिय सरस्वती मावि दैलेख भएको छ। छात्रा तर्फ त्रिभुवन मावि नयाँ बजार दैलेख प्रथम ,रैना मावि टाटामाखु द्वितीय रेडक्रस मावि भूर्ति तृतीय भएका छन्।

यसैगरी एथेलेटिक्स तर्फ छात्रा त्रिभुवन मावि नयाँ बजारले उपाधि हात पारेको छ भने र जनता मावि दोश्रो तेस्रो बसन्त मावि, रैनादेवि मावि टाटामाखु चौथो भएको रेडक्रस माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम बहादुर थापालले जानकारी दिए । एथलेटिक्स तर्फ एकसय मिटर,२ सय ४सय ८सय १५सय ३हजार मिटर दौड, हाइजम्प, लङजम्प, सटफुट, त्रिपलजम्व, भलिबल लगायतका खेल समावेश गरिएका थिए । प्रतियोगिताका विजेताहरुलाई शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो

तपाईको प्रतिक्रिया