कोठामा हिटर बाल्दा ध्यान दिनुपर्ने कुराहरु

काठमाडौं । जाडोमा घर, कार्यालय सबैतिर हिटरको प्रयोग सामान्य भइसकेको छ । चिसो याममा न्यानोपनका लागि हिटर उपयोगी भएता पनि यसलाई प्रयोग गर्न नजान्दा दुर्घटना निम्तिने गरेका छन् ।

चिकित्सकहरूका अनुसार झ्याल-ढोका बन्द गरी हिटरको प्रयोग गर्नु वा आगो ताप्नु स्वास्थ्यका दृष्टिकोणले घातक हो । यसबाट कोठामा कार्बन मोनोअक्साइड बढ्ने भएकाले सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने, निस्सासिएर बेहोस हुने र पछि थाहै नपाई मृत्यु हुनेसम्मका घटना हुने गरेका छन् ।

यसले विशेषगरी बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा जोखिम निम्त्याउन सक्छ । कोठामा हिटर बाल्दा ध्यान दिनुपर्ने कुराहरु

  • बन्द कोठामा रातभर वा धेरैबेर हिटर प्रयोग नगर्ने ।
    मुटु तथा श्वासप्रश्वासजस्ता समस्या भएका मानिसहरूले सकेसम्म हिटरको प्रयोग नगर्ने यदि गर्नै परे सधैं एक बाल्टिन पानी राखेर झ्याल खुल्ला राख्ने ।
  • हिटरमा लामो समयसम्म बस्दा शरीरको अंग जल्ने तथा चोटपटक लाग्ने सम्भावना हुनसक्छ, यस्ता कुरामा ध्यान दिनुपर्दछ ।
  • हिटर प्रयोग गर्न सकेसम्म पावर कर्ड एक्सटेन्सन अर्थात् मल्टिप्लग प्रयोग नगर्ने ।
    दम, एलर्जी, पिनास, ब्रोन्काइटिसको समस्या भएका बिरामीका लागि बजारमा विशेष खालको हिटर पाइन्छ, यस विषयमा जानकारी लिएर मात्र हिटर खरिद गर्ने।
  • हिटरलाई कहिल्यै पनि ढाकेर नराख्र्ने । यसबाट आगलागीको सम्भावना धेरै हुन्छ ।
    यदि कोठामा हिटर चलिरहेको छ भने समय-समयमा पानी पिउने । चिया, कफी वा सुप लिनु पनि राम्रो हुन्छ । यसले छाला सुक्खा हुनबाट केही कम गर्न सक्छ ।
  • आवतजावत भइरहने ठाउँमा हिटर नराख्ने । विशेषगरी बच्चाहरूको पहुँचबाट यसलाई टाढा राख्ने । समथर सतहमा हिटर राख्नु राम्रो हुन्छ ।
    हिटर नजिकै जल्ने खालका कागज, ब्ल्यांकेटजस्ता सामग्री नराख्ने ।
तपाईको प्रतिक्रिया