चामुण्डाकाे पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न -आनन्द मावि सिमसेर प्रथम

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा आनन्द माबि सिमसेर प्रथम भएको हो।

बुधबार चामुण्डा बिन्द्रासैनी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा आनन्द मा‍.वि.सिमसेर ८स्वर्ण सहित प्रथम, भैरव मावि डौसुर ८ स्वर्ण सहित द्धितीय, धर्मदेव मा.वि. आयरपाटा ४ स्वर्ण सहित तृतीय, हिमालय मा.वि.तिजडाँडा ३ स्वर्ण सहित चौथो भएको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका अध्यक्ष दसरथ शाहीले जानकारी दिए। शाहीका अनुसार नौ ओटा वडा भित्रका १३ ओटा माध्यामिक विद्यालयका छात्र छात्राले भाग लिएका थिए ।

यस्तै एथलेटिक्स तर्फ एक सय मिटर ,२ सय ४ सय ८ सय १५ सय ३ हजार मिटर दौड, हाइजम्प, लङजम्प, सटफुट, त्रिपलजम्व, भलिबल लगायतका खेल समावेश गरिएको थियो ।

तपाईको प्रतिक्रिया