जाजरकोटमा चिसोले २५ दिनको सुत्केरीको मृत्यु

सुर्खेत । जाजरकोटमा चिसोका कारण एक भूकम्प पीडित २५ दिनको सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको मृत्यु भएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष देवीका शाहीका अनुसार त्रिपालमा बस्दै आएकी कल्पनाको चिसोले केही दिन देखि सुन्निएकी र बिरामी परे पनि उपचार अभावले उनले अकालमै ज्यान गुमाउनुपरेको छ । मङ्सिर १७ गते सुत्केरी भएकी उनको छोरा जन्मिएको थियो । आर्थिक रूपमा कमजोर परिवारलाई भूकम्पले घरमा क्षति पुगेपछि गाँसबासको निकै समस्या रहेको थियो ।

कल्पना का श्रीमान् गोपे सुनारले भने ‘चिसोले मुख र जीउ सुन्निएको थियो । सुत्केरी भएदेखि नै बिरामी थिइन् । ठिक भइहाल्ला भनेर गाउँघरकै सामान्य औषधि गर्नतिर लाग्यौ । एक्कासि यसरी प्राण जाला भन्ने ठानेका थिएनौ । समयमा अस्थायी आवासको व्यवस्था नगर्दा सुत्केरीको ज्यान गएको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया