काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट भारतीय अभिनेता विजयकान्तको निधन भएको छ । दक्षिण भारतीय (तामिल) सिनेमाका चर्चित अभिनेताको बिहीबार निधन भएको हो। चेन्नई अस्पतालका अनुसार ७१ वर्षीय विजयकान्त कोभिड १९ बाट संक्रमित थिए।
अभिनेता विजयकान्त निमोनियाको संक्रमणपछि अस्पताल भर्ना भएका थिए। परीक्षणका क्रममा उनमा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो।
अस्पतालले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विजयकान्त निमोनियाका कारण भर्ना हुनुभएको थियो, र उहाँलाई भेन्टिलेटरी सपोर्टमा राखिएको थियो। मेडिकल स्टाफले गरेको केयौं प्रयासका बाबजुद उहाँलाई बचाउन सकिएन । २८ डिसेम्बर २०२३ को बिहान उहाँको निधन भएको छ।’
नेपालीरैबार । २०८० पुष १२, बिहीबार