काठमाडौं । अभिनेत्री बिपना थापा यतिबेला नेपालमा छिन् । यसपटक उनी चलचित्र छायाँकनको लागि नेपाल आएकी हुन् । करिब १३ वर्षपछि उनी चलचित्र अभिनयमा फर्किएकी छिन् ।
उनी यतिबेला नयाँ चलचित्र ‘ह्रस्व दीर्घ’को छायाँकनमा जोडिएकी छिन् । १३ वर्ष अघि उनी विवाह गरेर भारत गएपछि त्यतै बस्दै आएकी थिईन् । विवाहपछि बल्ल उनी चलचित्रमा जोडिन लागेकी हुन्।
‘धेरै अगाडिबाट चलचित्रमा फर्कने चाहना थियो । बल्ल नीताजीले यो चलचित्रमा प्रस्ताव गर्नु भएकाले म १३ वर्षपछि चलचित्रको छायाँकनमा जोडिएको हुँ ।’ उनले भनिन् । १३ वर्षपछि चलचित्रको छायाँकनको लागि पहिलोपटक मँगलबार मेकअप गर्दा उनको आँखाभरी आँसु भरिएको थियो । छायाँकनमा पहिलो पटक प्रस्तुत हुँदा आफु भावुक भएको पनि उनले बताईन् ।
तीन दशक अघि चलचित्र ‘जन्मभूमि’बाट नेपाली चलचित्र उधोगमा उनी नायिकाको रुपमा आएकी हुन् । गत वर्ष स्पर्श म्युजिक अवार्डमा सम्मान ग्रहण गर्न नेपाल आउँदा आफु नेपाली चलचित्रमा काम गर्न आतुर रहेको बताएकी थिईन् । यतिबेला निता ढुँगानाको चलचित्रमा आफुलाई अनुबन्धित गरेर छायाँकनमा बोलाईएकोमा उनले खुसी व्यक्त गरेकी छिन् । बिगतमा फिल्मको स्क्रिप्ट हेरेर मात्र काम गर्ने यी अभिनेत्रीले यसपटक नीताको फिल्म भएकै कारण स्कृप्ट नै नहेरी काम गरेको पनि उनले बताएकी छन् ।
नेपालीरैबार । २०८० पुष १२, बिहीबार