सन्दीप लामिछानेको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा

काठमाण्डौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको मुद्दाको सुनुवाइ नसकिएपछि बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ । लामिछानेमाथि नाबालिक बलात्कारको अभियोग लागेको ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीकै तर्फबाट बयान नसकिएपछि मुद्दालाई बिहीवार पनि हेर्दाहेर्दैमा राखिएको हो ।

आइतवारदेखि अन्तिम सुनुवाइ शुरू भएको मुद्दामा बिहीवार आदेश आउन सक्ने अपेक्षा रहेको थियो । तर प्रतिवादीको बहस नसकिएको र जवाफी बहस समेत बाँकी नै रहेको अवस्थामा शुक्रवार पुन:सुनुवाइ हुनेछ ।

तपाईको प्रतिक्रिया