इपीएस परीक्षामा सबैलाई सामेल गराउन उच्च अदालतको आदेश

काठमाडौं। कोरियन जहाज कम्पनीका कामदार र उत्पादक मूलक कामदार छनोट गर्ने प्रयोजनका लागि आवेदन दिएका सबैलाई इपीएस परीक्षामा सामेल गराउन उच्च अदालत पाटनले आदेश दिएको छ ।

गणेश राई लगायतले दायर गरेको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सो आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘‘ निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२९१० बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नू ।’’

तपाईको प्रतिक्रिया