बाबुको मृत्यु भएपछि घर धान्न इपीएसको तयारीमा थिए,सुजन

सुर्खेत । दैलेखका २३ वर्षे सुजन राउतको ललितपुरको बालकुमारी घटनामा आज मृत्यु भयो । गत वर्ष मात्रै बाबुको ब्रेन ट्युमरका कारण मृत्यु भएपछि सुजनमाथि घर चलाउने दायित्व थपिएको थियो ।

जिल्लाको महाबु गाउँपालिका–६ रानिवनका स्थानीय भक्त बहादुर राउत र नन्दकुमारी कटवाल राउतका जेठा छोरा सुजन २ महिनादेखि काठमाडौँ बसेर इपीएस परीक्षाको तयारी गरिरहेका थिए ।

सुजनका मामा यमराज कटुवलका अनुसार नेपालमा कसैगरी पनि काम नपाए पछि सुजन रोजगारीका लागि कोरिया जाने तयारीमा थिए । ‘भान्जाले ३ वर्षे ओभसियर पढेर नेपालमा रोजगारीका लागि धेरै प्रयास गरे तर काम पाएनन्,’ मामा कटुवालले बिक्षिप्त हुँदै भने, ‘तर, भान्जा काठमाडौंमै अस्ताएको खबर आयो ।

सुजनको मृत्युको खबरले कर्णाली सहित रानिवन गाउँ यतिबेला स्तब्ध बनेको छ । घरमा सुजनको आमा र एक भाई छन् । मामा कटुवालकाअनुसार घर धान्ने घरको जेठो छोराका बारेमा अप्रिय अखबर सञ्चार माध्यामबाट आएपछि आमा नन्दकुमारी र भाइ अधद्र्दचेत अवस्थामा छन् ।

शुक्रबार दिउँसो झडपमा परी घाइते भएका उनलाई उपचारको लागि किस्ट अस्पताल लगिएको थियो । चिफ अफ अपरेसन अमिस पाठकका अनुसार राउतलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो । त्यसपछि मेडिकल टिमले सिपिआर गरेपनि सफल नभएपछि सवा १ बजे मृत घोषणा गरिएको थियो । उनको छातिमा निल डाम देखिएको छ ।

तपाईको प्रतिक्रिया