बालकुमारी प्रकरणलाई लिएर दैलेखमा बिरोध प्रदर्शन

दैलेख। बालकुमारीमा हिजो शुक्रबार भएको घटनाको बिषय लाई लिएर युवाले दैलेख सदरमुकाम मा बिरोध प्रदर्शन गरेका छन । सनिबार प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गदै युवाले प्रदर्शन गरेका हुन । शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको कुटाइबाट दैलेख र अछामका गरी दुईजना युवाको मृत्यु भएको थियो ।

दैलेख बजारमा हत्याविरुद्ध उत्रिएका युवाहरूले ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै विरोध प्रदर्शन गरेका थिए। युवाहरूले हत्यारालाई तत्काल कारबाही गर्नुपर्ने माग राखेका छन्।
उनीहरूले मुलुकमा भ्रष्टाचार बढ्दै गएको भन्दै अहिलेको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।

कोरियाली भाषा परीक्षाको विषयमा प्रदर्शनका क्रममा शुक्रवार प्रदर्शनकारीले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने गाडी जलाएका थिए। त्यसपछि प्रहरीले अश्रुग्याँस, लाठीचार्ज र गोली चलाउँदा दुईजना युवाको ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया