आज देशका विभिन्न स्थानमा राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै

काठमाडौँ । आज देशका विभिन्न स्थानमा अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ ।

यो दिनमा नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमहरु गरी मनाइरहेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या पनि बढिरहेको छ।

तपाईको प्रतिक्रिया