कारले ठक्कर दिँदा दुई जना पैदल यात्रीको मृत्यु

काठमान्डौँ । आइतबार राती बाँकेको नेपालगन्जमा स्कारपियोले ठक्कर दिँदा दुई जना पैदल यात्रीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीका अनुसार अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरूलाई आइतबार राति सिक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

आइतबार राति सिक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै सु।प्र।प्र ०१००१ च ३४६४ नं को स्कारपियो गाडीले ठक्कर दिएको डाँगीले जानकारी दिए ।

गाडीको ठक्करबाट नेपालगन्ज १३ की २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ भने एक जना पुरुषको सनाखत हुन सकेको छैन ।

उपचारको क्रममा उनीहरूको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया