दैलेखमा बालिका बलात्कार कसूरमा बृद्धलाइ जन्मकैदको फैसला

दैलेख । बालिका बलात्कार कसूरमा एक बृद्धलाई दैलेख जिल्ला अदालतले जन्मकैद फैसला सुनाएको छ । सोमवार नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई २५ वर्ष कैद, ७ लाख रुपैंयाँ जरिवाना,५० हजार पीडितलाई क्षतिपूर्ति र २ हजार ८ सय रुपैंयाँ पीडित राहतकोषमा जम्मा गर्नुपर्ने फैसला भएको हो ।


जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त सजाय भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बद्री लामिछानेले जानकारी दिए । गएको चैत २३ गते नौ वर्षीया बालिकालाई बलात्कार गरेको कुरा स्वास्थ्य परीक्षण रिपोर्टमा समेत पुष्टी भएको आधारमा उक्त फैसला भएको अदालत जनाइएको छ।

आरोपित रेग्मीलाई बलात्कार घटनाकै दिन चैत २३ गते हिरासतमा लिई गरिएको प्रहरीको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकील कार्यालयले वैशाख १४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी सम्बन्धी अभियोग दर्ता गराएको थियो ।

तपाईको प्रतिक्रिया