यस्ता छन् बिहान खाली पेटमा तातो पानी पिउनुका फाइदाहरु

काठमाण्डौँ । कुनैपनि स्वास्थ्य समस्यामा डाक्टरहरुले पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । विशेष गरी बिहानको समयमा खाली पेटमा मनतातो पानी दुइ गिलास पिउने गरेमा हाम्रो स्वास्थ्यमा धेरै फाइदा पुग्छ । अचेल चिकित्सक र जनस्वास्थ्य विद्हरूले राति सुत्नुअघि पनि मनतातो पानी एक–डेढ गिलास पिउन सल्लाह दिने गरेका छन् ।

हामीले बिहान उठ्नासाथ खाली पेटमा दुइ गिलास पानी पिउनाले अनेक समस्याबाट मुक्ति पाउने बाटो खुल्छ । यस्ता छन् बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदाहरु

  •  हरेका दिन बिहान मनतातो पानी खाने गरेमा ग्यास्ट्रिक, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, क्षयरोग जस्ता समस्या नियन्त्रणमा सहयोग पुग्दछ ।
  • दैनिक पानीलाई उमालेर त्यसलाई सेलाउँदैै मनतातो बनाएर पिउनाले झाडापखाला, आउँ जस्ता अनेक रोगबाट बँचिन्छ ।
  • दैनिक मनतातो पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ ।
  • बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा हुनुका साथै जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ ।
  • बिहान खाली पेटमा मनतातो पानीमा कागती निचोरेर पिउनाले शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र शरीरको रोग प्रतिरोधी क्षमता पनि बढ्दछ ।
  • दैनिक स्वनियमभित्र बसेर पानी पिउने गरेमा छालाको चाउरीपन, थकान महसुश हुने समस्याको समाधान हुनुका साथै शरीरलाई स्फूर्त र स्वस्थ राख्न मदत पुग्दछ ।
तपाईको प्रतिक्रिया