![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
काठमाडौँ। अभिनेत्री अन्जना बराइलीले ‘महापुरुष’बाट नेपाली फिल्ममा डेब्यू गरेकी छन् । पहिलो फिल्म नै राम्रा कलाकार र निर्देशकसँग काम गर्ने अवसर पाएकी उनले ‘महापुरुष’बाट राम्रै चर्चा पाएकी थिइन् ।
त्यस कारण अहिले उनलाई एकपछि अर्को फिल्म हात परिरहेको छ । उनी अहिले ‘पुजार सार्की’ अभिनय तरखरमा छिन् । जसको वर्कसप चलिरहेको छ । उनी पनि सहभागी भइरहेकी छन् ।
अन्जना बोलाएको प्रायः फिल्मका प्रिमिएरमा पुग्छिन् । तर सोमबार भने उनी आफ्नो अभिनय गरेको फिल्म ‘चित्रा’को प्रिमियरमा सहभागी भइनन्। यस विषयमा निकै छलफल भइरहेको छ । अन्जना किन सहभागी भइनन् ‘चित्रा’ को प्रिमिएरमा ? कार्यक्रममा पत्रकारबिच चर्चा भयो । कतिले व्यस्तता अनुमान लगाए, कतिले निर्माण टिमसँगको खटपट । केहीले त उनको फिल्ममा छोटो भूमिका भएकोले सहभागी नभएको समेत अनुमान गरे ।
उपस्थिति नहुनुको कारण अन्जनाल आफैले प्रस्तुत गर्ने नै छिन् ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०८० पुष २५, बुधबार