‘गाउँ आएको बाटो’ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट

काठमाडौं। नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ चलचित्र युरोपको गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४ स्वीडेनमा छनोट भएको छ ।

महोत्सवमा सिनेमाको युरोपियन प्रिमियर हुने छ । महोत्सव २०२४ जनवरी २६ देखि फेब्रुवरी ४ सम्म चल्नेछ।

‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रसन राई ,केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारहरुको अभिनय रहेको छ । यो सिनेमा टोरोन्टो चलचित्र महोत्सव, वुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, मामी मुम्बईमा छनोट भएको थियो ।

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको यो चलचित्र ०८१ जेठ १८ बाट प्रर्दशनमा आउनेछ ।

तपाईको प्रतिक्रिया