‘धोकेबाज माया’बोलको नयाँ गीत सार्वजनिक

काठमाण्डौँ। शिव परियारको स्वरमा ‘धोकेबाज माया’ बोलको गीत सार्वजनिक गरिएको छ ।

प्रेम विरह समेटिएको यो गीत ‘नमस्ते प्लस’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । प्रेममा धोका पाएको युवकले युवतीप्रति व्यक्त गरेको भावना गीतमा समेटिएको छ ।

कार्की जीको संगीत, कार्की जी र कुशल न्यौपाने शब्द रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । यस भिडियोमा विक्रम बुढाथोकी, कुसुम शर्मा र बादल घिमिरेको अभिनय रहेको छ ।

विक्रम चौहानको कथा एवं निर्देशनमा भिडियो तयार भएको हो । प्रकाश खड्का र उनको टिमको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन एवं कलरिङ गरेका हुन् ।

रामकान्त न्यौपाने भिडियोका निर्माता हुन् ।

तपाईको प्रतिक्रिया