सुर्खेत। जुम्लाको तातोपानी गाउँपालिका-७ र ८ लाई लक्षित गरि वडा नं ८ थलालेमा निर्माण गरिएको जिएसएम टेलिफोन टावरबाट फोरजी सेवा सहित टेलिफोन सेवा सुरु गरिएको छ ।
नेपाल टेलिकम कार्यालय जुम्लाका प्रमुख सुर्य प्रकास यादवका अनुसार सो क्षेत्रमा बुधबार फोरजी ईन्टरनेट सेवा सुरु गरिएको र टुजी सेवाका लागि काम भईरहेको छ । नेपाल टेलिकम जुम्लाका अनुसार फोरजी सेवाका लागि सिसिएसआई कम्पनीले काम गर्ने जिम्मा लिएको थियो ।
त्यस क्षेत्रमा फोरजी सहितको टेलिफोन सेवा सुचारु गरेपछि स्थानीयले खुशी भएका छन् । फोरजी सहित टेलिफोन टावर सुचारु गर्न स्थानीय सरकार तातोपानी गाउँपालिका सहित जनप्रतिनिधिहरुले समेत विभिन्न समयमा पहल गरेका थिए । तातोपानी गाउँपालिकाले हार्दिक धन्यवाद सहितको विज्ञेप्ति जारी गरेर त्यहाँ फोरजी सेवा सुचारु गर्न पहल गर्ने सबैलाई धन्यवाद दिएको छ ।
जुम्लाका प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङका अनुसार पहिलो पटक तातोपानी गाउँपालिका पुग्दा गाउँपालिकाका ८ को थलालेमा टेलिकमको टावर निर्माण काम अलपत्र परेको र त्यहाँ इन्टरनेट सेवा नहुँदा बैंकको एक्सटेन्सन काउन्टर राख्न नसकेको र सोही कारण वडा नं ७ र ८ का जनताले टेलिफोन सेवाबाट वञ्चित हुनुका साथै बैंकको काउन्टर नहुँदा सामाजिक सुरक्षा भत्ता लिन एकदिन पैदल हिँडेर लिताकोट आउनु पर्ने बाध्यता थियो ।
नेपालीरैबार । २०८० पुष २७, शुक्रबार