काठमाडौँ। कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन ३’ छिट्टै सुरु हुने भएको छ । निर्माण युनिटले मंगलबार एक विज्ञप्ति जारी गर्दै अडिशन राउण्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोशन सुरु भएको जानकारी दिएको हो ।
आयोजकका अनुसार प्रतियोगीताका लागि डिजिटल अडिशनबाट हजारौँ आवेदकमध्ये १३२ जनालाई प्री–जजीङमा सहभागी गराएको र उनीहरुबाट ७६ जना फिजिकल अडिशन राउन्डमा छानिएका छन् ।
शोको पहिलो सिजनका हिमेश पन्त, सुमन कार्की लगायत चर्चित छन् । दोस्रोको भरतमणि पौडेल, सन्तोष थापा, बिक्की अग्रवाल लगायत चर्चामा छन् ।
तेस्रो सिजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केहि सिनियर सिटिजनसम्म, तराई मूलकादेखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्म रहेका छन् ।
सिजन थ्रिको निर्णायकमा सिन हास्य कलाकार द्वय सन्तोष पन्त र मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहनेछन् ।
यो सिजन पनि कार्यक्रम प्रस्तोतामा रीमा विश्वकर्मा र मेक्सम गौंडेल रहनेछन् । यो सिजका विजेताले पनि नगद रु २५ लाख तथा सोही बराबरको गाडी जित्नेछ ।










नेपालीरैबार । २०८० माघ २, मंगलवार