आजको मौसम प्रदेशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । त्यस्तै, तराई भू–भागमा हुस्सुरकुहिरो लागिरहेको छ।


महाशाखाका अनुसार आज कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया