सुर्खेतमा यातायात व्यवसायीहरुविच विबाद

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भर्खरै सञ्चालनमा आएको ‘भिजिट कर्णाली यातायात’ प्रालिका कर्मचारीमाथि शनिबार बिहान अर्काे व्यवसायीमा आवद्ध केही व्यक्तिहरुले हातपात गरेका छन् ।

बुलबुले गेट नजिकै रहेको भिजिट कर्णालीको काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको हो । हातपातबाट दुई जना घाईते भएका छन् । एक जनाको टाउको करिव २२ वटा टाँका लगाईएको छ । घाईतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भैरहेको छ ।

सिटी बसपार्कबाटै टिकट सञ्चालन गर्नुपर्ने भन्दै संयुक्त यातायात व्यवसायी र भिजिट कर्णाली विच केहिसमय देखी विबाद भएको थियो । तर भिजिट कर्णाली यातायातलाई भने वीरेद्रनगर नगपालिकाको चलानी नम्बर २८९० का अनुसार अर्काे निर्णय नहुदाँसम्मलाई बसपार्क बाहिरैबाट सेवा सञ्चालन गर्ने अनुमति दिएको थियो । सोहि अनुसार भिजिट कर्णालीले बुलबुले गेट नजिकबाट सेवा सञ्चालन गरेको थियो ।  तर आज विहान एक्कासी झडप हुदाँ दुई यातायात व्यवसायी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घटनास्थलमा ठूलो संख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले जानकारी दिए । अहिले दुई समूहलाई एक ठाउँमा राखेर विवाद समाधानको प्रयास भैरहेको छ ।  राजमार्ग  पनि सञ्चालनमा आएको छ ।

तपाईको प्रतिक्रिया